काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले साधारण सेयरको बिक्री आह्वान गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका र आयोजना प्रभावितलाई साधारण सेयर जारी गरेपश्चात्् सर्वसाधारणका लागि साधारण सेयरको बिक्री आह्वान गरेको हो ।
कम्पनीले यही असार २६ गतेबाट एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी एक करोड एक लाख १५ हजार एक सय रुपैयाँ बराबरको एक लाख एक हजार एक सय ५१ कित्ता साधारण सेयर बिक्री गर्न लागेको हो । बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको कम्पनीको साधारण सेयरको बिक्री कार्य छिटोमा यही असार २९ गते र ढिलोमा यही साउन नौ गते बन्द हुने छ । खरिदकर्ताले न्यूनतम १० देखि अधिकतम एक हजार कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्ने छन् । कम्पनीको जानकारी पुँजी १२ करोड १८ लाख ६७ हजार पाँच सय रुपैयाँ रहेको छ ।