काठमाडौं । शेयर बजार परिसुचक नेप्से पुन खुम्चिएको छ । अघिल्लो दिन २७ दशमलव ८५ अंकले उकालो लागेको नेप्से परिसुचक साताको दोस्रो कारोबार दिन आज मंगलबार नौं दशमलव २४ अंकले ओरालो लागेर २७ सय ७७ दशमलव १० बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ४५ अंकले ओरालो लागेर चार सय ७४ दशमलव २९ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय ४२ वटा कम्पनीहरुको ५२ हजार सात सय ५१ पटकको कारोबारमा एक करोड १८ लाख ७२ हजार पाँच सय सात कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम चार अर्ब ८५ करोड ४४ लाख ४४ हजार एक सय ७० रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा निर्जीवन बीमा र सामुहिक लगानी कोष उपसमुहको सुचक उकालो लागेपनि बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, लघुवित्त सहितका ११ वटा उपसमुहहरुको सुचक खुम्चिएका छन् ।