काठमाडौं । अब प्रेमगीत ३ डिसहोममै हेर्न सकिने भएको छ । यसअघि नै नेपालसहित विदेशमा समेत प्रदर्शन भइसकेको ‘प्रेम गीत ३’ हेर्न छुटेकाहरूको लागि डिसहोमले यो सुविधा दिएको हो ।
डिसहोमका अनुसार यो चलचित्र शुक्रबार सिनेमाघर च्यानल नं. १०८ मा प्रदर्शन हुने भएको छ । सिनेमा घरमा दैनिक ८ सो बिहान १, ४, ७, १०, दिउँसो १, ४, साँझ ७ र राती १० बजे प्रदर्शन हुने भएको हो । यस्तै, डिसहोमको एक्सभीओडीमा पनि यो चलचित्र उपलव्ध हुनेछ । एक्सभीओडीमा यो चलचित्र उपलब्ध भएपछि आफूले चाहेको समयमा खरिद गरेर हेर्न सकिने कम्पनीले जनाएको छ । एक्सभीओडी डिसहोमको सेटटप बक्समा उपलब्ध रहेको फिचर हो । यो चलाउनका लागि भने ग्राहकले आफ्नो सेटटप बक्समा वाईफाई डङ्गल वा ल्यान्ड केबल जोडर इन्टरनेट जोड्नुपर्ने हुन्छ ।
डिसहोममा उपलब्ध यो सेवाले नेपाली चलचित्रहरू सपरिवार तथा आफूले चाहेको समयमा हेर्न पाइने भएकोले यो सेवा प्रभावकारी हुने विश्वास कम्पनीको छ । यसले नेपाली चलचित्रको विकासमा समेत टेवा पुग्ने कम्पनीको विश्वास छ ।