काठमाडौं । वीर अस्पतालमा उपचार गराइरहेका पूर्वसांसद खेमराज भट्ट ‘मायालु’को स्वास्थ्य स्थितिबारे आइतबार उनलाई भेटेर स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जानकारी लिएका छन् ।

उनलाई शुक्रबार फोक्सोमा समस्या देखिएपछि वीर अस्पतालमा भर्ना गरिएको थियो । डा. अशेष ढुङ्गानाको टोलीले पूर्वसांसद मायालुको उपचार गरिरहेको अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले जानकारी गराएका छन् ।