काठमाडौँ । गिरिजाप्रसाद कोइरालाको १०० औँ जन्मजयन्तीको अवसरमा सोमवार नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिक दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइँदैन भन्ने कुरालाई स्थापित गर्नुपर्ने बताएका छन् ।
उनले काठमाडौँमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै विश्वविद्यालयलाई शतप्रतिशत राजनीतिबाट टाढा राख्नुपर्ने बताएका हुन् । काँग्रेसका महामन्त्री थापाले दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइँदैन भन्ने कुरालाई अन्त्य नगरेसम्म विश्वविद्यालय माथि उठ्न नसक्ने बताए ।
उनले भने, ‘हाम्रो विश्वविद्यालयको अवस्था झनै कहालीलाग्दो भएको छ । यो बिग्रनुमा सबैभन्दा ठुलो दोष हामीले नै लिनुपर्छ । हाम्रो कारणले गर्दा विश्वविद्यालय आज थला परेको छ ।ु हामी अहिले पनि हाम्रो विद्यालय शिक्षामा आएको सङ्कटलाई बुझ्न सकिरहेका छैनौँ ।