काठमाडौं । मेटलाइफ फाउन्डेसनले वनजङ्गल पुनरुत्थान परियोजनाका लागि आर्थिक सहयोग गरेको छ । नेपालको नवलपरासी जिल्लाको बछौलीमा आर्बर डे फाउन्डेसनको नेतृत्वमा सहयोग उपलब्ध गराएको हो । आयोजनामा चितवन राष्ट्रिय निकुञ्ज वरपर पर्ने समतल क्षेत्र र हिमाली क्षेत्रका २९४ एकड जङ्गलको पुनस्र्थापनाका लागि पाँच हजार रुख रोपिएको थियो । परियोजनाले राष्ट्रिय जैविक विविधताको संरक्षण र पुनर्स्थापना, स्थानीय जीविकोपार्जनमा सुधार गर्न र प्राकृतिक महत्वका क्षेत्रमा वन पुनस्र्थापना गर्न मध्यवर्ती क्षेत्र विकास गर्ने लक्ष्य राखेको छ ।
नेपालका जंगलहरूमा कैयौं लोपोन्मुख वन्यजन्तु प्रजातिहरू रहेका छन् । चितवन राष्ट्रिय निकुञ्ज वरपरको इकोसिस्टममा अत्यधिक फसल काट्ने, जङ्गलमा लागेको आगो र अनियोजित कृषि उत्पादनले ठूलो असर पारेको छ । वातावरणीय क्षतिले स्थानीय दिगोपन र ग्रामीण जनसंख्याको जीविकोपार्जनमा असर पारेको छ । यसले प्राकृतिक प्रकोप र जलवायु परिवर्तनको जोखिम बढेको छ । बछौलीमा स्थानीय जनसंख्या बढ्दै जाँदा ठूलो मात्रामा वन, प्राकृतिक वासस्थान र भूमिको उर्वरता नष्ट भएको छ ।
यी समस्याहरूको सामना गर्न, मेटलाइफ फाउन्डेसनले नवलपरासी जिल्लामा इडेन रीफरेसटेसन परियोजनामार्फत आर्बर डे फाउन्डेसनलाई सहयोग गरेको छ । निकुञ्जको जैविक विविधता मध्यवर्ती क्षेत्र नजिकै माटो लंगर र माटो खस्ने समस्या रोकथाममा फाइदा गर्ने स्वदेशी रूखहरू रोपिएको मेटलाइफले जनाएको छ । परियोजनाले नर्सरी विकास, बिरुवा अंकुरण र प्लेटिङलाई समावेश गरी तीन–चरणमा योजना सम्पन्न गरिएको थियो । स्थानीय वन विभागले आगामी वर्ष यी ग्रामीण समुदायका रूखहरू, महत्वपूर्ण बोटबिरुवाहरू र वन्यजन्तु प्रजातिहरूको मर्मत सम्भार र संरक्षणको निरीक्षण गर्नेछ ।
यस परियोजनाले स्थानीय वन कार्यक्रम प्रारम्भ गर्न स्थानीय महिला नेतृत्वको टोलीहरू विकास गरेर समुदायमा महिला सशक्तीकरणमा पनि ध्यान केन्द्रित गरेको छ । मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले भने ‘जलवायु परिवर्तन र वातावरणीय जोखिमविरुद्ध लड्न जैविक विविधता र प्राकृतिक स्रोतहरू आवश्यक छन् ।
मेटलाइफ फाउन्डेसनको यो सहयोगले लोपोन्मुख प्रजातिहरूको संरक्षण र उनीहरूको प्राकृतिक बासस्थानको पुनर्स्थापना गरी दिगो भविष्य कायम गर्न मद्दत गर्नेछ ।’ यस परियोजनाले मेटलाइफको २०२० र २०३० बीचमा ५० लाख रूख रोप्ने प्रयासमा पनि योगदान पु¥याउने बताइएको छ । प्राकृतिक प्रकोपबाट जोखिममा रहेका क्षेत्रहरूलाई प्राथमिकता दिँदै स्थानीय इकोसिस्टम र समुदायको स्वास्थ्य सुधार गर्न र जैविक विविधता संरक्षण गर्न मद्दत गर्नेछ ।