काठमाडौं । भुक्तानी सेवा प्रदायक इ–सेवामार्फत लाइफ इन्स्योरेन्सको नवीकरण गर्दा ५० हजार रुपैयाँसम्म जित्न सकिने भएको छ । आफ्ना प्रयोगकर्तालाई अनलाइनमार्फत कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यले इ–सेवाले नयाँ अफर सार्वजनिक गरेको हो । अफरमा बैंक लिंक एकाउन्टमार्फत भुक्तानी गर्दा हरेक दिन एक जनाले एक हजार रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन् । साथै, योजनाको अन्त्यमा भाग्यशाली एक जना विजेताले ५० हजार रुपैयाँ जित्न सक्नेछन् ।
यो योजना असार २५ गतेसम्म सञ्चालन हुनेछ । दैनिक क्यासब्याक विजेताको घोषणा हरेक हप्ताको अन्त्यमा इ–सेवाको फेसबुक पेज तथा ब्लगमार्फत गरिनेछ भने बम्पर उपहार विजेताको घोषणा इ–सेवाको फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरेर गरिनेछ । यस योजनामा सहभागी हुन इ–सेवा प्रयोगकर्ता केवाइसी भेरिफाइड भएको हुनुपर्नेछ । यस योजनामा कुनै पनि जीवन बीमा कम्पनीको इ–सेवामार्फत नवीकरण गर्न सकिनेछ । हाल इ–सेवाको सेवा एन्ड्रोइड तथा आईओएस मोबाइलमार्फत करिब ७५ लाख ग्राहकले सेवा लिइरहेका छन् । यसैगरी देशभर रहेका दुई लाखभन्दा बढी एजेन्टमार्फत अप्रत्यक्षरूपमा डेढ करोडभन्दा बढी ग्राहकले सेवा लिइरहेका छन् ।
इ–सेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाईजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका करिब २५ सय वटा मर्चेन्ट, सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ ।