काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले विद्यार्थीलाई पोसाक हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शाखा कार्यालय दमकमार्फत एक विद्यालयका विद्यार्थीलाई पोसाक हस्तान्तरण गरेको हो । पोसाक पाउनेमा झापाको कमल गाउँपालिका वडा नं. ५ पाडाजुङ्गीमा रहेको श्री गुह्येश्वरी आधारभूत विद्यालयका विद्यार्थीहरू रहेका छन् ।
विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीहरू भूमिहीन, बाढीपीडित, सुकुम्बासी, दलित, जनजाती, आदिवासी समुदायका विद्यार्थीहरूलाई पोसाक वितरण गरिने बैंकले जनाएको छ । बैंकको कोशी प्रदेशका प्रदेश प्रमुख खिमलाल भुुसालले गुह्येश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद खनाललाई पोसाक हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा विद्यालयका अन्य शिक्षक, विद्यार्थी, स्थानीयहरूका साथै बैंकका कर्मचारीहरूको उपस्थिति थियो । यससँगै बैंकले आगामी दिनहरूमा समेत सरोकारवालाहरूको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।