काठमाडौं । व्यास नगरपालिका वडा नं. ०३ स्थित व्यास गुफा परिसरमा निर्माणाधीन सन्त भवन तथा अन्य निर्माण कार्यका लागि नेपाल एसबीआई बैंकले आर्थिक सहयोग गरेको छ । बैंकले उक्त सहयोग वेदानुयायी प्रतिष्ठान नेपाललाई हस्तान्तरण गरेको हो ।
आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकका गण्डकी प्रदेश प्रमुख सुशील चन्द्र महतले सो रकम वेदानुयायी प्रतिष्ठान नेपालका मूल संरक्षक दामोदर बाबालाई हस्तान्तरण गरेको बैंकका शाखा प्रबन्धक दिवाकर भट्टले जानकारी दिए । नेपाल एसबीआई बैंक लिमिटेड दमौली शाखाका प्रबन्धक दिवाकर भट्टका अनुसार बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत हरेक वर्ष विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको र यसका साथै वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम पनि गर्दै आएको छ । सहयोगस्वरूप प्राप्त रकमलाई व्यास गुफामा निर्माणाधीन सन्त भवन तथा अन्य निर्माण कार्यमा प्रयोग गरिने वेदानुयायी प्रतिष्ठान नेपालका मूल संरक्षक दामोदर बाबाले बताए ।
बैंकले सबै क्षेत्रमा गरी ९३ वटा शाखा कार्यालय, २२ वटा एक्सटेन्सन काउन्टर, सातवटा प्रादेशिक कार्यालय र एक सय २८ वटा एटीएम काउन्टरमार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको जानकारी दिएको छ ।