काठमाडौं,अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्ट्रचार बिरुद्धको अभियानलाई तिब्रता दिएपछि देशका बिभिन्न ठाउँहरुबाट गैरकानुनी कार्य गरेर सम्पति थुपार्ने कर्मचारिहरु अख्तियारको फन्दामा पर्न थालेका छन् ।
महोत्तरीको सम्सि गाऊँपालिकामा कोभिड-१९ सम्बन्धि जनचेतनामूलक कार्यक्रमको भुक्तानी प्रयोजन शिर्षकमा लेखापाल रौशन कुमार राउत र कार्यलय सहयोगी घरिन यादवले १ लाख २५ हजार रुपैयाँ घुष लिंदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग महोत्तरीको टोलीले नियन्त्रमा लिएको छ ।
त्यस्तै, रुपन्देहीको टोटहीमाई गाऊँपालिका वडा नं.७ मा सडकको पिसीसी र ग्राभेल कार्यको नाँपजाँच, भुक्तानी प्रयोजनका लागि भनि ईन्जिनियर अरविन्द कुमार यादव ४५ हजार रुपैयाँ घुष सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालय टोलिको नियन्त्रणमा परेका छन्। पछिल्लो समय अख्तियारले भ्रष्ट्राचार बिरुद्ध बिभिन्न ठाउँहरुमा निगरानी बढाइरहेको छ ।