काठमाडौं, गिरिजा प्रसाद कोईराला फाउण्डेशन अमेरिकाको कार्यालय उडसाईड न्युयोर्कमा नेपाली राजनितिको शिखर पुरुष शान्ति नायक, गणतन्त्र नेपालका प्रथम राष्ट्रध्यक्ष पुर्ब प्रधानमन्त्री स्व। गिरिजाप्रसाद कोईरालाको १००औं जन्मदिनको उपलक्ष्यमा उनीप्रति उच्च सम्मान ब्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।
यस अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम नेपाल तरूण दलका पुर्वअध्यक्ष जीतजंग बस्नेतलाई फाउन्डेसनका अध्यक्ष सोमनाथ घिमीरेले स्वागत गरी खादा लगाई सम्मान गरेका थिए । बस्नेतको प्रमुख आतिथ्यमा, गिरिजा बावुलाई सम्झदै उनले द्विप प्रज्वलन गरी बुधबारको कार्यक्रम उद्धाटन गरेका थिए । यसै क्रममा अमेरिका फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले गिरिजा बावुको तस्विरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरे ।
फाउन्डेशनका प्रवक्ता एवं कार्यसमिति सदस्य रामचन्द्र अधिकारी, कार्यसमिति सदस्यद्वय ध्रुव कुवॅंर क्षेत्री र सुर्य सिमखंडा, सामाजीक अभियान्ताहरु श्याम कार्की र बिरेन्द्र मानन्धर, फाउन्डेशनका सदस्यहरु शेखर कार्की, तेजेन बुढा मगर र महेन्द्र थापा, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहान, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य प्रदिप काफ्लेले गिरिजा बावुलाई श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथी बस्नेतले विकृती, विसंगती, भ्रष्टाचार लगायत व्यक्तिगत स्वार्थको एवं ईगोको कारणले आज राजनितीज्ञ प्रती नै घृणाभाव भैरहेकोमा चिन्ता व्यक्त गरे । उनले स्वर्गीय गिरीजावावुलाई स्मरण गर्दै भने, हामीले उहाँ जस्तो निडर र देशभक्त नेताको १००औं जन्मजयन्ती अमेरिकामा उहाँकै फाउण्डेशनकै कार्यालयमा मनाऊॅंन पाउॅंदा अत्यन्तै हर्षित भएको छु । गिरिजा वावुकै भनाई “सहमति, सहकार्य र एकता” लाई स्मरण गर्दै हामी जॅंहा रहेपनि देशका लागी सक्दो विकास तथा उन्नतीका खातीर लागीरहनु पर्छ उनले भने । जीपी कोईराला फाउन्डेशनको उच्च प्रशंसा गर्दै उनले प्रवासमा यस्ले कोरोना कहर लगायत पछिल्ला दिनहरुमा गरेको सामाजिक कामबाट आफु अत्यन्त गौरवान्वित भएको बताए ।
यसैगरी समाजसेवी श्याम कार्की ले निःस्वार्थ ढंगले संगठन बनाउन अध्यक्ष सोमनाथ घिमिरे र उनका साथीहरु लागी परेको स्मरण गर्दै अवका दिनहरूमा यो संस्था मार्फत गिरीजा वावुले देश र जनताका लागी गरेको योगदान र उनको विचारलाई अझैं विश्वव्यापी प्रचार प्रसार गरेर गिरीजा वावुको नाम उच्च शिखरमा राख्दै अगाडी बढ्न सुझाव दिए।
फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमीरेले उनीहरूलाई स्वागत गर्नपाउँदा आफु लगायत फाउन्डेशन परीवारलाई अत्यन्त खुशी लागेको वताउँदै फाउन्डेशन विशुद्ध सामाजिक उद्देश्य लीई नेपाल र प्रवासमा निरन्तर लागीरहेको र यस्ले विगतमा गरेका सामाजिक गतिविधि एवं भविष्यमा अझै सकृयता पुर्वक मानवीय सहयोगमा लागीपर्ने प्रण व्यक्त गरे । अर्का समाजसेवी बिरेन्द्र मानन्धरले अग्रज नेतृत्वको मार्गदशन एवं फाउन्डेशन जस्तो अग्रणी सामाजिक संस्थाको साथ एवं सहयोगले आफुहरूलाई कामगर्न हौसला र प्रेरणा मिलेकोमा खुशी व्यक्त गरे ।
कार्यसमिती सदस्य ध्रुव कुवॅंर क्षेत्रीले अमेरीका एक कानुनी व्यवस्था, अनुशासन र कर्मले गर्दा विकास भएको र यस्तै विकास नेपाल जस्तो अल्पविकसित देशमा खाँचो भएको औंल्याए । उनले हामीले अमेरिकामा राम्रा कुराहरु सिके जानेका सिपहरु नेपालमा कार्यान्वयन गर्दै जानु पर्नेमा जोड दिए ।
यसैगरी कार्यसमिती सदस्य सुर्य सिमखंडाले समाज सेवा आफ्नो रगतमा वगेको र केही गरौं भन्ने आफ्नो मनमा सधैं खेलीरहेको बताउँदै आफुले फाउन्डेशनमा लागेर धेरै सामाजिक गतिविधिहरु गर्दै रहेको बताए । अमेरिकामा हामी सबै नेपाली एक भएर अद्वितीय मानवीय सेवा गर्न गराउन लागेका छौं उनले भने।
कार्यक्रमको अन्त्यमा आफुहरु गिरीजा वावुको १००औं जन्म जयन्ती, त्यो पनि उँहाकै नाममा स्थापित फाउण्डेशनकै कार्यालयन्युयोर्कमा मनाउॅंन पाउॅंदा निकै हर्षित भएको नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहान र नेपाल पत्रकार महासंघकाकेन्द्रीय सदस्य प्रदिप काफ्लेले बताए ।
विशेष अथितीको रूपमा रहेका नेपाल पत्रकार महासंघका सचिव दीपेन्द्र चौहानले अहिले देश ईतिहासमै संकटमा फसेको आफुले महसुस गरेको र यस्लाई चिर्दै अगाडी बढी सही सुचना प्रवाह गर्ने सरकारद्वारा मान्यताप्राप्त एकमात्र निर्वाचित निकाय महासंघको सिपाही भै देशका खातीर आफु लागीपरेको बताए । केन्द्रीय सदस्य प्रदीप काफ्लेले केही पत्रकार पार्टीको नभै देशको हुन नसक्दानै राम्रा पत्रकार समेत कलंकित भएको र कर्तव्यनिष्ट र कर्मठ पत्रकार भै लागीपर्न सबै पत्रकारवर्गलाई सुझाव दिए ।
अन्त्यमा गिरीजावावुको योगदान स्मरण गरेर उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्ने सबैमा आभार प्रकट गर्दै उपस्थित सबैमा फाउन्डेशन परीवारको तर्फवाट धन्यवाद टक्र्याई उपस्थित अतिथीगणलगायत आगन्तुक सबैमा दिवाभोजकासाथ कार्यक्रम सम्पन्न गरीएको थियो।