बुटवल । सल्यानमा दुई बाबु छोराको गुडिरहेको बसमा करेन्ट प्रवाह हुँदा मृत्यु भएको छ । रोल्पाको गंगादेब गाउँपालिका-४ का अन्दाजी ७० वर्षीय बालराम डाँगी र उनका छोरा अन्जादी ४० वर्षका टोपलाल डाँगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता डीएसपी गोपाल श्रेष्ठले जानकारी दिए ।
उक्त घटनामा गाउँपालिका(६ का अन्दाजी वर्ष ३५ का महेन्द्र वली गम्भीर घाइते भएका छन् । गम्भीर घाइते वलीलाई उपचारका लागि दाङ पठाइएको घटनास्थलमा रहेका कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले जानकारी दिए । बस धनी सल्यान छत्रेश्री पनि घाइते भएका थिए ।
बसभित्र करेन्ट प्रवाह हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । राप्ती लोकमार्गअन्तर्गत दाङ(सल्यान सडकखण्डको कपुरकोट(३ चोरखोला नजिक लत्रिएको विद्युत तारले रा१ख ८३४ नम्बरको बसमा बसलाई छुँदा करेन्ट प्रवाह भएको थियो ।