काठमाडौं । फिल्म अभिनेता एवं कलाकार सारुक ताम्राकार गए राति काठमाडौँको रातोपुलस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले ३१ वर्षीय ताम्राकार घरको भ¥याङको रेलिङमा प्लास्टिकको पाइपको पासो लगाई झुण्डिएको अवस्थामा गए राति ११ बजे मृत फेला परेको बताए ।
ताम्राकारले ‘इन्टु मिन्टु लण्डनमा, मेरी मामु, रानीलगायत चलचित्रमा अभिनय गरेका थिए । प्रहरीले घटनास्थलको मुचुल्का गरी शव परीक्षणका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लगेको छ । घटनाबारे अनुसन्धान भइरहेको एसपी रिजालले बताएका छन् ।