दिपायल । विषालु च्याउ खाँदा डोटीको दिपायल सिलगढी नगरपालिका–५ इन्द्रचोकका ११ जना बिरामी भएका छन् । बिरामी हुनेमा दिपायल सिलगढी –५ इन्द्रचोकका अनमोल डुरा, वासु बोगटी, गङ्गा डुरा, एलिजा डुरा, मीना बोगटी, सुनिल खड्का, सकुन्तला खड्का, निशा बोगटी, बर्मा देवल, बबर देवल, सानु बोगटी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
जिल्ला अस्पताल डोटीमा उपचार सम्भव नभएपछि बिरामी भएका सबैलाई डडेल्धुरा अस्पताल सिफारिस गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिएस । उनीहरुको अहिले डडेल्धुरा अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।