काठमाडौं । सङ्घीय संसदको अवरोध खुलाउने विषयमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको बैठक शुरु भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा सहभागी छन् ।
पटक पटक बैठक अवरोध भएका कारण मिटरब्याज पीडितलाई न्याय दिनका लागि अगाडि बढाइएको विधेयक निष्क्रिय भएको छ । यस्तै, अन्य महत्वपूर्ण विधेयकहरु समेत अगाडि बढ्न सकेको छैन । आइतबारको राष्ट्रियसभाको बैठक पनि एमालेको विरोधपछि सोमबार बिहान ११ः०१ बजेसम्मका लागि स्थगित भएको छ ।
यसअघि आइतबार विहानै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तागठबन्धनमा आबद्ध दलहरुको बैठकमा समसामयिक विषयमा छलफल भएको थियो । बैठकमा सङ्घीय संसदको अवरोध हटाउनेलगायतका विषयमा छलफल भएको बताइएको छ ।