काठमाडौं । दुर्घटनाग्रस्त अवस्थामा मनाङ एयरको ९एनए–एमभी हेलिकप्टर भेटिएको छ । सो हेलिकप्टर दुर्घटनामा परी ५ जनाको मृत्यु भएको र एक जना बेपत्ता छन् ।
मंगलबार बिहान सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको जहाज लामजुरा पास नजिकै दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । हेलिकप्टर दुर्घटनाका कारण खुलेको छैन ।
प्रहरीले उद्धारको काम जारी गरिरहेको घटनास्थलमा रहेका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतले बताएका छन् । अहिलेसम्म भेटिएको ५ वटा शवको पहिचान हुन बाँकी रहेको उनले जानकारी दिए ।
उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रुहरु थिए । अहिले दुर्घटनास्थलमा काठमाडौंबाट उद्धारकर्मीहरू लिएर गएको अल्टिच्युड एयरको हेलिकप्टर पनि अवतरण गरेको छ । घटनास्थलमा प्रहरी र उद्धारकर्मीले उद्धारको काम जारी राखेका छन् ।