काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन सामान्य अंकले ओरालो लागेको बजार परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार पनि चार दशमलव ७३ अंकले ओरालो लागेर दुई हजार ७२ दशमलव २४ बिन्दुमा खुुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव २५ अंकले उकालो लागेर तीन सय ८८ दशमलव ८६ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज दुई सय ८३ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट ५४ हजार नौं सय ४३ पटकको कारोबारमा ७९ लाख ८८ हजार नौं सय ८६ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम दुई अर्ब ८५ करोड ९४ लाख ९० हजार चार सय ९० रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्सें) मा आज १३ वटा उपसमुहहरुको कारोबार भएकोमा बाँणिज्य बैंक, होटल तथा पर्यटन, जलबिद्युत, लगानी, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा, अन्य र ट्रेडिङ उपसमुहहरुको सुचक ओरालो लागेका छन । आज बिकास बैंक, फाईनान्स, उत्पादनमुलक र सामुहिक लगानी कोष उपसमुहहरुको सुचक भने उकालो लागेका छन् ।