काठमाडौं,मंगलबार विहान सोलुखुम्बुबाट उड्दा दुर्घटना ग्रस्त भएको मनाङ एयर राजेन्द्र मल्ल लगायतका व्यवसायीले संचालन गरेको थाहा भएको छ ।

मल्ल लगायत सतिश प्रसाद प्रधान,कृष्ण ज्ञवली,पुष्प पौडेल,जगन्नाथ ज्ञवली,क्याप्टेन प्रकाश कुमार सेडाई र खगेन्द्र क्षेष्ठले उक्त मनाङ एयर संचालन गरेका छन् । उक्त दुर्घटनामा क्याप्टेन सीवी गुरुङ सहित ५ जना म्याक्सीकन नागरिकको मृत्यु भएको छ ।