काठमाडौँ । मंगलबार नेकपा एमाले वागमती संगठन कमिटीको सातौँ बैठकलाई सम्बोधन गर्दै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले भ्रष्टाचारविरुद्धको ‘स्टन्टबाजी’ गरिरहेको बताएका छन् । सरकारले भ्रष्टाचारविरोधी काम गर्यौं भनेर तमासामात्रै देखाएकाले भ्रष्टाचारीलाई कारबाही हुन्छ भनेर विश्वास गर्न नसकिने ओलीको भनाइ छ ।
‘
सरकारले भ्रष्टाचार नियन्त्रण गर्छु भनेर भनेपनि भित्तामा हानेको भकुण्डो आफैंतिर फर्केर आफैंलाई लाग्ने पनि ओलीले बताए । अर्कोलाई हान्न खोज्छन् तर आफ्नै टाउकामा लाग्छ’, ओलीले भने, ‘त्यसो भएपछि यिनीहरुले केही गर्ने होइनन् यो सबै स्टन्ट हो ।’
अध्यक्ष ओलीले मिटरव्याज विरुद्धको अध्यादेश वैशाख २४ गते पेश गर्नुपर्नेमा असार ५ गतेसम्म सरकार के हेरेर बसेको भन्दै सामन्तको पक्षमा सरकार लागेको बताए । उनले जलहरी प्रकरणमा सुनको साटो पित्तल चढायो भनेर त्यसरी अफवाह फैलाउन सत्तापक्षले सांसदहरुलाई तालिम दिने गरेको आरोप लगाए ।