काठमाडौं महानगर पालिकाका प्रवत्ता एवम १७ नंम्वरका वडा अध्यक्ष नवीन मानन्धरले मंगलबार खेलकुद सामग्री हस्तान्तरण गरेका छन् ।
उनले आफ्नो वडामा रहेका विद्यालहरुको निरिक्षण गर्नुका साथै समस्या समाधानको विषयमा क्षेत्र न ७ का सांसद गणेश पराजुली पूर्व न्यायाधीश पुष्प कोइराला,छानवीन समितिका सदस्य देवेन्द्रमान सिंह,प्रधानध्यापक लक्ष्मण पौडेल,पूर्व विद्यार्थी तथा पूर्व जनरल रघु भणडारी,पूर्व यूनिसेफ फिल्ड अफिसर इन्द्रलाल सिंह,प्रकाश श्रेष्ठ लगाएतको टिमसँग छलफल गरेका थिए । उक्त कार्यक्रममा २२ जना दिक्षान्त भएका खेलाडीहरूलाई वेल्ट र प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।
विद्यार्थीहरुलाई माननीय सांसद गणेश पराजुली ,कामनपा प्रवक्ता नवीन मानन्धर र विव्यस अध्यक्ष तथा वज्र क्योकुशिन केन्द्रीय उपाध्यक्ष पुष्प मान मानन्धरले वितरण गरेका थिए। कार्यक्रममा वज्र क्योकुशिन कराते डो संघ केन्द्रीय उपाध्यक्ष पुष्प मान मानन्धरले अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरूलाई राखेपले अवकाश पछि अनुदान तथा पेन्शन र निशुल्क स्वास्थ्य उपचारको राज्यले व्यवस्था गर्नुपर्ने ध्यानाकर्षण गरेका थिए ।