काठमाडौं,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको बुधबार बिहान निधन भएको छ । उनको आज नर्भिक अस्पतालमा निधन भएको हो । पार्किन्सन जस्तै देखिने जटिल प्रकारको रोग प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी) बाट दाहाल लामो समयदेखि बिरामी परेकी थिइन् । अहिले भने उनलाई हृदयाघात भएको थियो । स्वास्थ्यमा गम्भीर अवस्था आएपछि आज उनलाई अस्पताल लगिएको थियो । उनलाई आकस्मिक कक्षमा सीपीआर अगायतका विधिबाट उपचार गरिएको थियो । तर सुधार नभएपछि ८ बजेर ३३ मिनेटमा मृत घोषणा गरिएको अस्पतालले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । अहिले नर्भिक अस्पतालमा प्रधानमन्त्री प्रचण्ड पुगिसकेका छन् भने । अन्य विशिष्ट व्यतित्वहरु र पार्टी कार्यकर्ताहरु पनि अस्पताल पुगीसकेका छन् । May be an image of ‎ticket stub and ‎text that says '‎39 NORVIC ANNIVERSARY ISO 9001:2015 Emergency DATE: 12TH JULY 2023 Mrs. Sita Dahal, 69yrs/Female, known case of Progressive Supranuclear Palsy Parkinsonism, Diabetes Mellitus-ll and Hypertension under (on/off) Domicillary oxygen with PEG feeding and indwelling catheter went to cardiac arrest 08:00 AM 27th Ashad, 2080. Despite resuscitation, she couldnot be revived and declared death at 08:33 AM. مدിਪ PROF. DR YUBARAJ SHARMA CONSULTANT PHYSICIAN PERSONAL PHYSICIAN OF HONORABLE PRIME MINISTER AND CABINET OF NEPAL NORVIC G.P.O.Box:14126 INGTINATIOVERICS.T. ne Nepal +977-1-5970032 www.norvichospital.com info@norvichospital.com ABL BLC EnrichingLife‎'‎‎