काठमाडौं,बैशाख १४

जनता समाजवादी पार्टी, नेपालका नेताहरुले काठमाडौं प्रहरी परिसर पुगेर सांसद अपहरण विरुद्धको उजुरी दर्ता गराउन गएका थिए । तत्कालीन समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई महोत्तरीबाट अपहरण गरेर काठमाडौं ल्याएको आरोप लागेको छ । आरोपित भनिएका पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालसहित सांसदद्वय महेश बस्नेत र किसन श्रेष्ठ विरुद्ध प्रहरीमा उजुरी दर्ता गर्न नयाँ बनेको जनता समाजवादी पार्टीका नेताहरू बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, शरदसिंह भण्डारीसहित आइतबार दिउँसो महानगरीय प्रहरी परिसर काठमाडौं पुगेर यादवले अपहरण र शरिर बन्धक बनाएको भन्दै जाहेरी दिन गएका थिए । तर उनीहरुको मुद्धा दर्ता गर्न प्रहरीले नमानेको समाजवादी पार्टीका नेताहरुले बताएका छन् ।