काठमाडौं । सानिमा बैंकले सानिमा दीर्घायु तलब बचत खाताअन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमाको दाबी भुक्तानी गरेको छ । बैंकका खातावाला भूमिका आलेको दुर्घटना भई मुत्यु भएपछि उनको परिवारलाई बीमा रकम भुक्तानी गरिएको हो । भूमिकाको हकवाला क्षितिज आलेलाई बीमा रकम भुक्तानी गरिएको हो ।
सानिमा बैंकको कुमारीपाटी शाखाका शाखा प्रबन्धक श्रीमती रोमिला कोइरालाले बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको संयोजनमा बीमा रकमको चेक हस्तान्तरण गरेकी हुन् । स्वर्गीय आलेले सानिमा बैंकको कुमारीपाटी शाखामा सानिमा दीर्घायु तलब बचत खाता खोलेकी थिइन् ।
बैंकले दीर्घायु बचत तलब खाताअन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा, तीन लाख रुपैयाँसम्मको १३ घातक रोगहरूको उपचार बीमा, १० हजारसम्मको ओपीडी भुक्तानी शुल्कसहितको ५० हजारसम्मको औषधि उपचार बीमा, ५० हजारको आवधिक जीवन बीमा र पाँच हजारको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ । सानिमा बंैकको देशका सातै प्रदेशमा एक सय ३२ वटा कार्यालय तथा एक सय २२ वटा एटीएम सञ्चालनमा रहेका छन् ।