काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको औपचारिक कार्यक्रम तीन दिनको लागि स्थगित गरिएको छ । उनकी पत्नी सीताको बुधबार निधन भएको हुँदा शोकमा परेका प्रधानमन्त्री प्रचण्डले असार ३० गतेसम्म कुनैपनि औपचारिक गतिविधिमा सहभागी नहुने जनाइएको छ ।