शुक्रबार बिहान कोसी ब्यारेजको पुलमा बससँग ठोक्किएर ट्रक नदीमा खसेर बेपत्ता भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १७६५ नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३००७ नम्बरको ट्रक कोशी ब्यारेजको पुलमा ठोक्किएर दुर्घटना भएको थियो ।
कोशीमा खसेको ट्रकमा सवार रहेका ३ जनाको प्रहरीले सकुशल उद्धार गरिएको बताए । प्रहरी टोलीले डोरी टाँगेर ट्रकमा सवार रहेकाहरूको उद्धार गरेका हुन् । उद्धार गरिएका एक २४ वर्षीय ट्रकका चालक दिनेश खत्री सामान्य घाइते भएका छन् ।
उनलाई उपचारका लागि अस्पताल पठाइएको छ । अन्य २ जनाको अवस्था सामान्य रहेको डिएसपी राईले बताए । बसमा सवार रहेकाहरू भने सकुशल छन् ।