काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था र नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का अनुसार सूचीकृत कम्पनीहरू विजय लघुवित्त र नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको यही असार २५ गतेको पत्रअनुसार यी दुई संस्थाहरूले मर्जरमार्फत एकीकृत कारोबार सञ्चालन गर्ने तयारी गरेका छन् ।
सोअनुसार यही असार ३१ गते यी दुई संस्थाले मर्जरमार्फत विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सञ्चालन गर्ने छन् । सोही कारण यही असार ३१ गतेदेखि लागू हुने गरी सेयर कारोबार रोक्का गरिएको नेप्सेले जानकारी दिएको छ ।