काठमाडौं । ग्लोबल आईएमई बैंकले काठमाडौं र ललितपुरमा दुईवटा शाखा थप गरेको छ । काठमाडौंको स्वयम्भु र ललितपुरको बालकुमारीमा नयाँ शाखा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । बुधबारदेखि यी शाखाबाट बैंकिङ सेवा सुरु गरेको बैंकले जनाएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको कुल तीन सय ५९ शाखा कार्यालय, तीन सय ६२ वटा एटीएम, तीन सय २२ शाखारहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट ४० लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको बैंकले जनाएको छ ।