काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र लगनखेलस्थित मिडाट हस्पिटल प्रालिबीच सम्झौता भएको छ । अस्पतालमा बैंकका ग्राहकलाई छुट दिनेसम्बन्धी सम्झौता भएको बैंकले जनाएको छ ।
समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका ग्राहकले मिडाट हस्पिटलमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउने भएका छन् । यो सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समयसमयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको बैंकको दाबी छ ।
डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरण सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बताइएको छ । बैंकले देशैभर फैलिएका आफ्ना एक सय ८८ वटा शाखा, तीनवटा विस्तारित काउन्टर, एक सय ४५ वटा एटीएम, छवटा कियोस्क सेवा र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट १६ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।