अमेरिका । विश्वका धनाढ्य एलन मस्कले ब्रह्माण्डको वास्तविक प्रकृति बुझ्ने लक्ष्यसहित नयाँ एआई कम्पनी खोलेका छन् । मस्कले च्याट जीपीटीलाई चुनौती दिँदै नयाँ कम्पनी ‘एक्स एआई’ स्थापना गरेको घोषणा गरेका हुन् ।
मस्क टेस्ला, स्पेस एक्स र ट्विटरका मालिक हुन् । मस्क र उनको टिमले शुक्रबार ट्विटर स्पेस च्याटमार्फत कम्पनीको बारेमा जानकारी दिने बताएका छन् ।
यो कम्पनीले ट्विटर, टेस्ला र अन्य कम्पनीहरुसँग मिलेर काम गर्ने बताइएको छ । र कम्पनीले च्याट जीपीटीजस्ता आर्टिफिसियल इन्टेलिजेन्सहरुलाई टक्कर दिने दाबी गरिएको छ ।
‘एक्स एआई’मा गुगल रिसर्च, माइक्रोसफ्ट, डिपमाइन्ड र टेस्लामा काम गरिसकेका व्यक्तिहरु रहने मस्कले बताएका छन् ।