काठमाडौं । असार मसान्तको दबाब र नाफा सुरक्षित गर्न सेयर बेच्नेहरूको चापका बाबजुत पनि गतसाता सेयरबजार बढेको छ । आइतबार बिहान दुई हजार ४९ विन्दुबाट खुलेको बजार बिहीबार कारोबार बन्द हुँदा दुई हजार ८५ विन्दुको नजिक पुगेको छ ।
आज (आइतबार) चालू आर्थिक वर्षको अन्तिम कारोबार दिन हो । सोमबारपछि बजारले नयाँ आर्थिक वर्षको सामना गर्नेछ । सोमबारदेखिको सेयरबजारले नयाँ मौद्रिक नीतिको प्रतीक्षा गर्नेछ । मौद्रिक नीतिले समग्र अर्थतन्त्रसहित सट्टेबाजी बजारमा पनि लगानी भित्र्याउन भूमिका खेल्ने विश्वास गरिन्छ । राष्ट्र बैंकले साउनको पहिलो साता नै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिरहेको छ । यही कारण साउन लागेपछि लगानीकर्ताको ध्यान मौद्रिक नीतिमा हुनेछ ।