काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद आइतबार दिउँसो १ बजे थाई स्माइल एयरवेजको जहाजबाट थाइल्याण्ड जाँदै छन् । थाइल्याण्डले आयोजना गर्ने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) परराष्ट्र मन्त्रीहरुको रिट्रिटमा भाग लिन आइतबार त्यसतर्फ जाने भएकम हुन् ।
परराष्ट्र साउदको नेतृत्वको प्रतिनिधिमण्डल आइतबार दिउँसो १ः३० बजे थाइ एयरवेजबाट बैंकक प्रस्थान गर्ने मन्त्रालयले जनाएको छ । साउद सोमबार बिमस्टेकका परराष्ट्र मन्त्रीहरुको रिट्रिटमा सहभागी भइ मंगलबार स्वदेश फर्किनेछन् ।
सन् १९९७ डिसेम्बर २२ मा म्यानमार तथा सन् २००४ फेब्रुअरीमा नेपाल र भुटान प्रवेश गरेपछि सात सदस्य राष्ट्रहरू समावेश भइ यो संगठन अब बिमस्टेकको रूपमा चिनिन्छ । बिमस्टेकमा नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका, थाइल्याण्ड र म्यानमार सदस्य छन् । बिमस्टेक सन् १९९७ जुन ६ मा बैंकक घोषणापत्रमा हस्ताक्षर गरी स्थापना भएको एक क्षेत्रीय संगठन हो ।