काठमाौं । चालु आर्थिक बर्षको अन्तिम कारोबार दिन आज आईतबार सेयर बजार सुखद देखिएको छ । बजार परिसुचक (नेप्से) आज १२ दशमलव १६ अंकले उकालो लागेर दुई हजार ९७ दशमलव शुन्य नौ बिन्दुमा कायम रहन सफल भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ९० अंकले उकालो लागेर तीन सय ९४ दशमलव १५ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज दुई सय ८६ वटा कम्पनीहरुको सेयर खरिद–बिक्री भएका छन । जसबाट ३९ हजार ३७ पटकको कारोबारमा ७१ लाख ८४ हजार दुई सय ५४ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम दुई अर्ब ३७ करोड ६४ लाख २७ हजार पाँच सय ७३ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, निर्जीवन बीमा र अन्य उपसमुहहरुको सुचक उकालो लागेका छन् भने फाईनान्स, होटल तथा पर्यटन, जलबिद्युत, जीवन बीमा र टे«डिङ उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।