काठमाडौं । कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ । बैठकमा राजनीतिक र सैद्धान्तिक विषयमा छलफल हुने बताइएको छ । पार्टी कमिटीका रिक्त पदमा मनोनयनका बारेमासमेत छलफल हुने सो पार्टीले जनाएको छ ।