काठमाडौं । मोवाइलमा म्यासेज पठाएर राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याललाई धम्की दिएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

१९ असार दिउँसो १ः२६ बजे अर्याललाई मोवाइलमा म्यासेज पठाएर ज्यान मार्ने आशयको धम्की दिएको आरोपमा खोटाङ घर भएका विजय कालीकोटेलाई प्रहरीले पक्राउ गरेको प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।