काठमाडौं । चालु आर्थिक बर्ष २०८०–०८१ लाई नेप्सेले ग्रिन सिग्नल दिएको छ । चालु आर्थिक बर्षको पहिलो दिन आज सोमबार सेयर बजार परिसुुचक ४७ दशमलव शुन्य सात अंकले उकालो लागेर २१ सय ४४ दशमलव १६ बिन्दुमा कायम रहन सफल भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि नौं दशमलव ९५ अंकले उकालो लागेर चार सय चार दशमलव १० बिन्दुमा कायम रहन सफल भएको छ ।
धितोपत्र बजारमा आज दुई सय ५७ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ५० हजार दुई सय ९९ पटकको कारोबारमा ७६ लाख ३४ हजार एक सय ९० कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम दुई अर्ब ५६ करोड एक लाख ९१ हजार दुई सय ८८ रुपैंयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये सामुहिक लगानी कोष उपसमुहको सुचक झिनो अंकले ओरालो लागेपनि बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, निर्जीवन बीमा, जीवन बीमा, लघुवित्त सहितका १२ वटा उपसमुहहरुको सुचक उकालो लागेको छन् ।