काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा बायोमेट्रिक घोटलाको आरोपमा प्रक्राउ गर्न गएको नेपाल पहरीलाई बीचबाटै फिर्ता पठाउन सफल भएका पूर्वडीएसपी गोबिन्द थपलिया ठगीको आरोपमा पक्राउ परेका छन् । थपलिया राजनीतिक नेतृत्वदेखि न्यायालयसम्म आफ्नो पहुँच रहेको र आफूलाई कसैले केही गर्न नसक्ने भन्दै ग्रील व्यवसायी हरि श्रेष्ठलाई दिनुपर्ने भुक्तानी नदिई धम्काउने गरेको आरोपमा पक्राउ परेका हुन् ।
श्रेष्ठले सञ्चालन गरेको न्यू कालिका ग्रील तथा सोलार पिल्टर कन्स्ट्रक्सन प्रालि र थपलियाको स्वामित्व रहेको ग्रामीण कृषि फार्मबीच काभ्रोपलाञ्चोकको पाँचखालमा बुंगुरको खोर बनाउने विषयमा सहमति गरेर बाख्राको खोर, बोइलर कुखुराको खोर, चल्ला राख्ने घर र गाईभैँसीको फार्म समेत बनाउन लगाई सोबापत भुक्तानी गर्नुपर्ने नौ करोड १३ लाख रुपैयाँमा तीन करोड ६८ लाख मात्र भुक्तानी दिई अरु नदिई धम्काउँदै आएका थिए ।
नेपाल प्रहरीको पूर्वडीएसपी भन्दै आफूलाई धम्काउन थालेपछि श्रेष्ठले थपलियाविरुद्ध काठमाडौं प्रहरी, सरकारी वकिल कार्यालय, जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकलगायतमा उजुरी दिएका थिए । प्रहरीकै उच्च अधिकारीसँगको साझेदारमा मेनपावर व्यवसाय समेत सञ्चालन गर्दै आएका थपलियालाई आइतबार दिउँसो ३ बजे उनको म्यानपावरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।