काठमाडौं । नागरिक लगानी कोषको सञ्चालकमा सुरेशप्रसाद खत्री निर्वाचित भएका छन् । असार ३१ गते सम्पन्न २८ औँ वार्षिक साधारणसभाबाट खत्री निर्विरोध सञ्चालकमा निर्वाचित भएका हुन् । ५२ अर्ब भन्दा बढी जीवन बीमा कोष रहेको नेसनल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका खत्री बैंक तथा वित्तीय संस्थाहरूको तर्फबाट तीन वर्षका लागि सञ्चालकमा निर्वाचित भएका हुन् ।