काठमाडौँ । हाल ४८ वटा विभाग रहेको कांग्रेसमा थप २२ वटा थपेर ७० वटा विभाग बनाउन नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले प्रस्ताव गरेका छन् ।

विभागहरूले आफ्नो कार्ययोजनासहित एक वर्षको कार्यतालिका बनाएर भदौ मसान्तभित्र केन्द्रीय कार्यसमितिमा पेश गर्नुपर्ने थापाले बनाएका छन् । केन्द्रीय कार्यसमितिमा हरेक ६र ६ महिनामा प्रगति विवरण बुझाउनुपर्ने छ ।