काठमाडौं । बुधबार अध्यक्ष ओलीसहितको छ सदस्यीय टोली कम्बोडिया प्रस्थान गरेका छन् । कम्बोडियामा हुने निर्वाचनको पर्यवेक्षकका रुपमा ओलीका टोली गए राति कम्बोडिया प्रस्थान गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । टोलीमा ओलीकी पत्नी राधिका शाक्य, पार्टीका उपमहासचिव विष्णु रिमाल, अध्यक्ष ओलीका स्वकीय सचिव राजेश बज्राचार्यलगायत रहेका छन् । यही साउन ८ गते उनी स्वदेश फर्किने कार्यक्रम रहेको छ ।