काठमाडौं । कुमारी बैंक र लक्जेमबर्गको एन्हान्समेन्ट फेसिलिटीबीच सम्झौता भएको छ । यी दुई कम्पनीबीच व्यावसायिक ऋण लिने÷दिने बारे सम्झौता भएको कुमारी बैंकले जनाएको छ । एन्हान्समेन्ट लक्जेम्बर्गको प्रतिष्ठित माइक्रोफाइनान्स कम्पनी हो ।
सम्झौताअनुसार बैंकले एन्हान्समेन्ट फेसिलिटीबाट एक करोड अमेरिकी डलर (एक अर्ब ३२ करोड रुपैयाँ) ऋण लिने भएको छ । विपन्न वर्ग कर्जाको माग पूर्ति गर्नुका साथै महिला उद्यमीसँग सम्बन्धित साना तथा मझौला उद्यमलाई ऋण प्रदान गरी सशक्तीकरण गर्नका लागि यो कर्जा प्रयोग हुने बैंकले जनाएको छ ।
विगत २२ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको बैंकले आफ्ना देशभर रहेका तीन सय दुईवटा शाखा, ४९ एक्सटेन्सन काउन्टर, तीन सय आठ वटा एटीएम तथा ६३ शाखारहित बैंकिङ सेवा सञ्चालन गर्दै आएको छ ।