काठमाडौं । संगटी हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्काशन गर्नका लागि अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड समक्ष आवेदन दिएको छ । बोर्डका अनुसार कम्पनीले यही असार २७ गते हकप्रद सेयर निष्काशनका लागि अनुमति मागेको हो ।
कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी एक अर्ब ४५ करोेड रुपैयाँमध्येबाट एक बराबर एक अर्थात् १ः१ को अनुपातमा एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी एक अर्ब ४५ करोड रुपैयाँ बराबरको एक करोड ४५ लाख कित्ता हकप्रद सेयर निष्काशनका लागि अनुमति मागेको धितोपत्र बोर्डले जनाएको छ । कम्पनीको हकप्रद सेयरको निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।