भारत । भारतीय सेयरबजार चार कारोबार दिनदेखि अल टाइम हाई बनाउँदै आएको छ । बुधबार पनि बजारले नयाँ रेकर्ड बनाएको छ । सेन्सेक्स र निफ्टी दुवैले उच्च विन्दु बनाएका हुन् । बुधबार सेन्सेक्स तीन सय दुई अंकले बढेर ६७ हजार ९७ विन्दुमा पुगेको छ भने निफ्टी ८३ अंकले बढेर १९ हजार आठ सय ३३ विन्दुमा कायम भएको छ ।
बुधबारको कारोबारमा आईटी क्षेत्र बाहेक सबै क्षेत्रमा हरियो भएको छ । पीएसयू बैंक परिसूचक दुई प्रतिशतले बढेको छ भने पावर, हेल्थकेयर तथा तेल र ग्यास सूचकहरू शून्य दशमलव पाँच प्रतिशतले बढेका छन् । रिलायन्स इन्डस्ट्रिज र आईटीसी सबैभन्दा धेरै बढेका छन् ।
भारतीय सेयर बजारमा विदेशी लगानीकर्ताको लगानी बढ्दै गएपछि माग पक्ष बलियो भएको छ । सोही कारण बजारले केही दिनदेखि अलटाइम हाई बनाउँदै आएको छ ।