काठमाडौं, वैशाख १५
देवः विकास बैंकले राहत वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कैलालीको घोडाघोडी नगरपालिकाका अति विपन्न परिवारलाई राहत वितरण गरेको हो । कोरोना भाइरसका कारण देशव्यापी लकडाउन भएपछि समस्यामा परेका अति विपन्न ३६ परिवारलाई बैंकको पहलमानपुर शाखाले राहत वितरण गरेको बैंकले जनाएको छ ।
बैंकका अनुसार घोडाघोडी नगरपालिका वडा नम्बर ९ फारममा रहेका ३६ परिवारलाई प्रतिपरिवार १५ किलो चामल, दुुई किलो दाल, दुई लिटर तेल, दुुईवटा साबुन र एक किलो नुन वितरण गरिएको बैंकले जानकारी दिएको छ । बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा १८ करोड ७७ लाख ७६ हजार आठ सय ६० रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा १९ करोड ४५ लाख ९३ हजार एक सय ३९ रूपैयाँ रहेको थियो ।
चुक्ता पुँजी तीन अर्ब १७ करोड ७१ लाख नौ सय २७ रूपैयाँ रहेको बैंकले चालू आवको दोस्रो त्रैमासिक अवधिमा २२ अर्ब ४२ करोड ५९ लाख १४ हजार छ सय २० रूपैयाँ निक्षेप संकलन गरी २१ अर्ब २५ करोड ६४ लाख २९ हजार सात सय ५० रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ५६ करोड ४६ लाख एक हजार सात सय १८ रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुुई दशमलव ९८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा बैकले २१ अर्ब ७८ करोड १९ लाख ८३ हजार सात सय ५२ रूपैयाँ निक्षेप संंकलन गरी २० अर्ब सात करोड ७४ लाख ८५ हजार पाँच सय ३३ रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ४६ करोड ४३ लाख ३० हजार नौ सय सात रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ९२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।