काठमाडौं,भारतले चामल निर्यातमा रोक लगाएको छ । विदेश व्यापार महानिर्देशनालयले सूचना जारी गरेर सबै प्रकारका सेतो चामल निर्यातमा प्रतिबन्ध लगाएको छ । गैरबासमती हार्मोनी कोड १००३०९० अन्तर्गत मोटा, जिरामसिनालगायत सेतो चामल निर्यातमा रोक लगाएको हो ।
मनसुनका कारण धान उत्पादन कम हुने भएपछि खाद्यान्न अभाव हुनसक्ने भन्दै चामल निर्यातमा रोक लगाएको हो ।भारतले चामल निर्यातमा रोक लगाएपछि नेपाली बजारमा पनि असर पर्ने अनुमान नगरिएकोे छ । भारतको यो निर्णयले नेपाललगायतका मुलुकमा चामलको मूल्य बढ्ने अनुमान छ । नेपालको प्रमुख खाद्यान्न नै चामल हो । नेपालमा उत्पादन भई अपुग चामल भारतबाटै आयात हुँदै आएको छ ।
उपभोक्ता अधिकारकर्मीहरूले भारतले लगाएको प्रतिबन्धका कारण नेपालमा व्यापारीहरूले कृत्रिम मूल्यवृद्धि गर्नसक्ने आशंका गरेका छन् । विगतमा पनि यस्ता घटना हुँदा व्यापारीले कृत्रिम मूल्यवृद्धि गराउँदै आएकाले सरकारले बजार अनुगमनलाई तीव्रता दिनुपर्ने बताएका छन् ।