काठमाडौं । हाथवे इन्भेस्टमेन्ट नेपालले साधारण सेयरको बिक्री खुला गरेको छ । कम्पनीले साउन ४ गते बिहीबारबाट पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्य कायम रहने गरी साधारण सेयरको बिक्री खुला गरेको हो ।
कम्पनीले जारी पुँजी एक अर्ब १७ करोड रुपैयाँको १२ दशमलव ५० प्रतिशत अर्थात् १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यका २९ लाख २५ हजार कित्ता साधारण जारी गर्नको लागि अनुमति पाएको थियो । सोअनुसार कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि एक करोड ४६ लाख २५ हजार रुपैयाँ बराबरको दुई लाख ९२ हजार पाँच सय कित्ता सेयर निष्काशन गरेको हो । कम्पनीको सेयर निष्काशन एवं बिक्री प्रबन्धकको रूपमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।
साधारण सेयरको बिक्री कार्य यही साउन १८ गते बन्द हुने र लगानीकर्ताले न्यूनतम २० देखि अधिकतम एक लाख कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ ।