काठमाडौं । प्रदेश प्रहरी गण जनकपुरमा कार्यरत प्रहरी नायव उपरीक्षक .(डिएसपी) महोत्तरीमा कुटिएका छन्। डिएसपी चन्देश्वर यादव कुटपिटबाट घाइते भएको प्रहरीले जनाएको छ। शुक्रवार १० बजे राति जलेश्वर नगरपालिका-२ बसपार्क नजिक उनी घाइते अवस्थामा फेला परेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए।
डिएसपी यादवको दायाँ खुट्टा फ्याक्चर भएको र उनलाई घाइते अवस्थामा अस्पताल पुर्याइएको जलेश्वरका डिएसपी दिलीपकुमार गिरी बताए । अहिले काठमाडौं प्रहरी अस्पतालमा उनको उपचार भइरहेको छ । त्यसराति उनी जनकपुरबाट जलेश्वर किन पुगेको भन्ने अझ खुलेको छैन।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले घटनाको छानबिन गर्न एसपी महेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा तीन सदस्य समिति गठन गरेको छ । टोलीले अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता रहेका एसपी श्रेष्ठले बताए।