चीन । चीनको राष्ट्रिय विकास तथा सुधार आयोगले निजी अर्थतन्त्रको उच्च गुणस्तरीय विकासलाई प्रवर्द्धन गरिने जनाएको छ । निजी क्षेत्रको आत्मविश्वास बढाउन प्रभावकारी उपायहरु ल्याउन अत्यावश्यक भएको पनि बताएको छ ।
गत बुधबार चीनको राज्य परिषद्ले निजी क्षेत्रको वृद्धिलाई प्रोत्साहन गर्न विभिन्न ३१ उपायहरु समावेश गरी दिशानिर्देशहरु जारी गरेको थियो । जसलाई निजी क्षेत्रले स्वीकार गरेको छ ।
चीनको शीर्ष आर्थिक योजनाकार राष्ट्रिय विकास तथा सुधार आयोगले अहिलेको समयमा धेरै निजी उद्यमहरुले सञ्चालनमा कठिनाइहरुको सामना गर्नुपरेको छ । आयोगले चाँडै नै निजी क्षेत्रलाई टेवा पु¥याउन स्पष्ट दिशानिर्देशसहित नीतिहरु सार्वजनिक गर्दै सम्बन्धित विभागहरुसँग मिलेर काम गर्ने बाचा गरेको छ । बजार पहुँचको विस्तार गर्ने, साना र मध्यम उद्यमहरुको लागि अप्रत्यक्ष वित्तपोषणको स्केल विस्तार गर्ने बाचा पनि आयोगले गरेको छ ।
चीनले मे महिनाको अन्त्यसम्म ५० मिलियनभन्दा बढी निजी उद्यमहरु आयोजना गरेको छ । जुन कुल उद्यमको संख्यामा ९२ प्रतिशतभन्दा बढी हो । यी कम्पनीहरुले ८० प्रतिशतभन्दा बढी सहरी रोजगारी सिर्जना गरेका छन् ।