काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र माया मेट्रो हस्पिटलबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका सुदूरपश्चिम प्रदेश प्रमुख सञ्जीव जोशी र माया मेट्रो हस्पिटलका अध्यक्ष धिरेन्द्र सावदले हस्ताक्षर गरेका छन् । सम्झौतापश्चात् आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका कर्मचारी, सेयरधनी तथा ग्राहकलाई हस्पिटलमा प्राप्त हुने सेवाहरू जस्तैः एक्स रे, युएसजी, इको लगायतका सेवाहरूमा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त हुने हुनाले आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका सम्पूर्ण कर्मचारी, लगानीकर्ता तथा ग्राहकहरूले आवश्यकताअनुसारका सेवा प्राप्त गर्न सक्ने संस्थाले जनाएको छ ।
साथै, सोही अवसरमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका सुदूरपश्चिम प्रदेश प्रमुख सञ्जीव जोशीले माया मेट्रो हस्पिटल प्रालिसँग आबद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकलाई आवश्यक पर्ने निर्जीवन बीमासम्बन्धी सम्पूर्ण सेवाहरू आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट सहजरूपमा प्राप्त गर्न सक्ने जानकारी गराए ।