काठमाडौं । डिस्ट्रिक्ट ३२९२, नेपालको एकमात्र ‘रोटरी ई–क्लबको’ अध्यक्षमा रवीनमान बज्राचार्यको पदस्थापन भएको छ । रोटरी ई–क्लब नेपालले स्क्वायर होटल पुल्चोक ललितपुरमा ११ औँ पदस्थापन समारोह आयोजना गरी उनलाई पद सुम्पिएको हो ।
पदस्थापना समारोहमा नवनियुक्त अध्यक्ष बज्राचार्यले स्थानीय समुदायको आवश्यकता पहिचान गर्ने बताएका छन् । उनले शिक्षामा पहुँच प्रदान गर्ने, स्वास्थ्य सेवा सुधार गर्ने तथा वातावरणीय समस्याहरू समाधान गर्ने विषयमा ध्यान दिनुपर्ने बताए । यसैगरी उनले कोलाबोरेटिभ स्कुल नेटवर्कका सह–निर्देशक सगेन्द्र श्रेष्ठलाई भानोदय आधारभूत विद्यालय, सिद्धिपुर, सानोगाउँलाई छात्रवृत्तिको लागि ४२ हजार रुपैयाँको चेक पनि हस्तान्तरण गरे । समारोहमा रोटरी वर्ष २०२३–२४ का लागि नयाँ बोर्ड सदस्यको पनि पदस्थापन भएको थियो ।