काठमाडौं । निषेधित क्षेत्र तोडेर नयाँ बानेश्वरमा लघुवित्तीय संस्था पीडितहरूले प्रदर्शन गरेका छन् । काठमाडौंमा केही दिन अघिदेखि न्याय माग्न आएका पीडितहरू बुधबार संसद भवन घेराउ गर्न नयाँ बानेश्वर पुगेका हुन् ।

पीडितहरू नयाँ बानेश्वर चोक नपुग्दै सुरक्षाकर्मीले रोकेपछि उनीहरूले त्यही प्रदर्शन गरेका हुन् । प्रदर्शनकारी संसद भवनतर्फ बढ्न थालेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको छ ।